विर्तामोड : रातेखोलामा निर्माण सम्पन्न भएको बक्स कल्भर्टको उद्घाटन गरिएको छ ।
एक कार्यक्रमका बीच प्रदेश सांसद बृख बहादुर प्रधान र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
३५लाख २० हजारको लागतमा सम्पन्न १०मिटर लम्बाई ५.५मिटर चौडाइ भएको बक्स कल्भट निर्माण सम्पन्न भएको हो । उक्त कल्भर्ट निर्माण गर्न अर्जुनधारा नगरपालिकाबाट २९लाख ७५हजार रुपैंया सहित स्थानीय सहभागिताबाट ५ लाख ४५ हजार बेहोरिएको सामाजिक अगुवा योग प्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रममा नेकपाका नगर सचिव राजु शेर्मा, नेकपा २ वडा अध्यक्ष निर्माण आचार्य, नेपाली काग्रेसका पुण्य ओझा, अर्जुनधारा नगरपालिका वाड–नं.२ को अध्यक्ष रघुनाथ खनाल, वडा सदस्य उत्तम समाल, शान्ति सामुदायिक वनका बरिष्ठ उपाध्यक्ष रुपनारायण समाल, कल्भर्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष याम प्रसाद भट्टराई सहित पदाधिकारी लगायत स्थानीय उपभोक्ताहरुको उपस्थिति सम्पन्न भएको आचार्यले जानकारी दिए । कल्भर्ट निर्माण सम्पन्न भएसँगै रोङ गाउँपालिकाका वडा– १, २ सहित अर्जुनधारा नगरपालिका वडा–१, २ र ३ का जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।







































































