धरान: लामो रस्साकस्सीबीच धरान संगीत प्रतिष्ठानमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

धरानका संगीतकर्मीहरु मिलेर स्थापना गरेको संस्थाको नयाँ नेतृत्व चयनको लागि मतदान हुनुअघि आज सहमति जुटेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । यसअघि भने सहमति जुट्न नसक्दा निर्वाचन समितिले मतदानको लागि उम्मेदवारी मनोनयन गरेर अन्तिम नामावलीसमेत प्रकाशन गरिसकेको थियो भने आज मतदान तोकिएको थियो । प्रतिष्ठानको अध्यक्षमा नविन राई र सुवर्ण श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । तर, मतदान प्रक्रिया शुरु हुनुअघि भने नविन राईको प्यानलले सुवर्ण श्रेष्ठको प्यानललाई नै नेतृत्व हस्तान्तरण गर्न सहमति दिएपछि सर्वसम्मत चयन भएको हो ।

dharn-sangits

सर्वसम्मत नवनिर्वाचित अध्यक्षमा श्रेष्ठ छन् भने उनको प्यानलबाट उपाध्यक्षमा हेम सुब्बा, सचिवमा विकास सुब्बा, सहसचिवमा समिनकला राई र कोषाध्यक्षमा रोहितकुमार मास्के चयन भएका छन् । यस्तै, सदस्यहरुमा भानु थापा मगर, प्रवेश राई, विदुर कार्की र महेश तामाङ सर्वसम्मत चयन भएका छन् । यसअघि, दुई साताअघि नै नयाँ कार्यसमिति चयन हुनुपर्ने थियो । तर, संगीतकर्मीहरु दुई कित्तामा विभाजित भएर सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।

dharan-sangit