धरान: नेपाली कांग्रेस निकट नेपाल सांस्कृती कलाकर्मी संघले धरानमा मेयरको उम्मेदवार तिलक राईलाई बिजयी गराउन सांस्कृतिक जागरण कार्यक्रम आयोजना गरेको छ ।

संगीतको माध्यवाट कम्युनिष्ट सरकारले देशमा निम्ताएको कुप्रथा, दण्ड, हिंसा र अत्याचारको खवरदारीसहित काठमाण्डौंबाट आएको कलाकारहरुले सांगीतिक प्रस्तुतीमार्फत तिलक राईलाई जिताउन आग्रह गरेकय थिए । आइतवार साँझ धरान–१७ को रेल्वेचौकमा सांस्कृतिक जागरण कार्यक्रम आयोजना भएको थियो । देशभरका ५१ ठाँउमा मंसिर १४ गते उपनिर्वाचनलाई लक्षित गर्दै संघले गत ६ गते कास्कीको पोखराबाट जागरण अभियान सुरु गरेको संघका केन्द्रीय सभापती डिबि गुरुङ्गले जानकारी दिए ।

kalakar

अध्यक्ष गुरुङका अनुसार कास्की, सुनसरीसहितका १३ वटा जिल्लामा सांस्कृतिक जागरण कार्यक्रम हुनेछ । देशमा वर्तमान केपी ओलीको सरकारले भष्ट्रचार, महंगी, कालाबजारी, कर, असुरक्षा निम्ताएको भन्दै यी बिषयमा केन्द्रीत बनाएर संगीत प्रस्तुत गरेकय थिए । कलाकारहरुले स्रष्टाले सिर्जना गरेको गीत संगीतलाई पनि सरकारले अंकुश लगाउन खोजेको भन्दै बिरोध गरेका थिए ।

कार्यक्रममा संघ केन्द्रीय सभापती गुरुङसहित उप–सभापति उतिपराज खड्का, महासचिब सुरेन्द्र तिमल्सिना, सह–कोषाध्यक्ष कबिता गेलाल, सदस्यहरु रोशित कर्मचार्य, अर्जुन सुनाम, स्मृति शाहीलगायत कलाकारहरुले संगीतक तथा सांस्कृतिक गीत, नृत्य गरेका थिए । सांगीतिक जागरणको कार्यक्रम धरान १७ की बुथ सभापति पुष्पा राईको अध्यक्षतामा भएको थियो ।