इटहरी: नेपाल टेलिभिजनले इटहरीबाट प्रसारण सुरु गर्ने भएको छ ।

टेलिभिजन प्रसारणको ३५ औ बर्षको अवसरमा प्रधानमन्त्री केपी ओलिले इटहरी प्रसारण उद्घाटन गर्ने छन् । प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट बटन थिचेर ओलिले नेपाल टेलिभिजन इटहरीको च्यानल उद्घाटन गर्नेछन् । २०४१ सालमा प्रसारण सुरुवात गरेको एनटिभीले पाचौं च्यानलको रुपमा इटहरी प्रसारण सुरु गर्न लागेको अध्यक्ष महेन्द्र बिस्टले बताए ।

ntv_

इटहरी ७ बज्राहमा २०५५ सालमै १० कठ्ठा निशुल्क जग्गा उपलब्ध भएको थियो । स्थानीय जुल्मीदेबि थरुनीले उपलब्ध गराएको जग्गामा नेपाल टेलिभिजन बन्ने भएको हो । बिहिवार स्थानीय पत्रकारहरुसँग भेटघाट कार्यक्रममा एनटिभीका अध्यक्ष महेन्द्र बिष्टले सबैको सहकार्यको लागी आग्रह गरेका थिए । शुक्रबार हुने उद्घाटन कार्यक्रममा संचारमन्त्री गोकुल बास्कोटा,मुख्यमन्त्री शेरधन राई लगायतको उपस्थित हुनेछ ।