मोरङ : पथरीशनिश्चरे स्थानीय किसानहरूले राधाकृष्ण कृषि समूह गठन गरेर टमाटर लगायतका तरकारी खेती गर्दै आएका थिए । करिब ८ बिघा जग्गामा गोलभेँडा (टमाटर) खेती गर्दै आएका अहिले तनाव हुन थालेको छ ।

सरकारले गरेको ‘लकडाउन’का कारण पिप्लेका किसानहरूलाई टमाटर बेच्न नपाएर वेला चिन्ता थपिएको छ । बारीमा भएको टमाटर बजारसम्म पुर्‍याउन नसक्दा किसानका टमाटर खेतमै कुहिन थालेका हुन् ।

टमाटर खेती गरे राम्रो मुनाफा कमाउन सोच बनाएका उहाँका किसानलाई टमाटर बेच्ने समयमा ‘लकडाउन’ थपिएपछि झन् समस्या बढेको छ ।

Tamato-1

समूह मार्फत खेती गर्दै आएका गत वर्ष समूहका १८ किसानले ५० लाख रुपैयाँको तरकारी बिक्री गरेको समूहका सचिव रञ्जित महतो बताउँछन् ।

बारिभरी टमाटर भए पनि बजार सम्म टमाटर पुर्‍याउन नसक्दा किसानले तरकारीमा गरेको लगानी डुब्ने चिन्ता बढेको महतो बताउँछन् । बजारमा पुर्‍याउन सके प्रति किलो ५० सम्म बिक्री हुने टमाटर अहिले २० रुपैयाँमा पनि बिक्री हुन सकेको छैन ।

सामान्य अवस्थामा गाडी प्रयोग गरेर किसानले बजार सम्म पुर्‍याउने गरे पनि हाल भने लकडाउनले किसानका टमाटर खेतमै कुहिन थालेको छ। ‘यहाँ वाट पथरीवजार सम्म बोकेर टमाटर लग्ने अवस्था छैन गाडी चलेको छैन ’महतोले भने ‘गाउँमा तरकारी नष्ट गर्नु परेको छ भने बजारमा तरकारी को भाउ आकाश छुन लागेको छ ’।

पथरीशनिश्चरे नगरपालिकाले वडा नं. ५ र ६ लाई तरकारी र खाद्यान्न उत्पादन क्षेत्रका रूपमा घोषणा गरेको थियो । घोषणासँगै नगरले किसानलाई ,मल,बीउ,टनेल,विषादी र परामर्श समेत दिँदै आए पनि हाल नगरपालिकाले बजारको भने व्यवस्था भने गर्दिएको छैन ।

सोही वडाका सत्यनारायण महतोले ६ कट्ठा टमाटर खेतीमा १ लाख ७५ हजार रुपियाँ लगानी गरेका छन् । उनका अनुसार यो वर्ष ५ लाख रुपियाँको टमाटर बिक्री गर्ने योजना थियो तर ‘लकडाउन’ले उनको यो योजना योजनामै सीमित बनाएको छ । वार्षिक ५० हजार रुपियाँमा लिइएको खेत ठेक्का पनि तिर्न नसकिने अवस्था आएको महतो बताउँछन् ।

Tomato-3

यहाँका किसानहरूले उत्पादन गरेको टमाटरले बजार पाउन नसक्दा किसानलाई करिब १ करोड बराबर को नोक्सान रहेको भने पथरी बजारमा मात्रै बाहिर वाट टमाटर आउने गरेको छ । यसै क्रममा किसानको टमाटर बारी पुगेको वडा नम्बर १ का अध्यक्ष बाबुराम येङदेन र ६ का वडा अध्यक्ष जय बहादुर तामाङले किसानको समस्यालाई समाधान गर्न उचित कदम चाल्ने बताए ।

येङदेनले बाहिर वाट आउने टमाटरलाई रोकेर यहाँका किसानले उत्पादन गरेको टमाटरको बजारीकरण गर्न सहयोग गर्ने बताए ।