धरान : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकबाट एमाले विरुद्ध बागी उम्मेदवारी दिएका मनोज मेन्याङ्बोले खरायो चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै मेन्याङ्बो सहित सबैलाई चुनाव चिन्ह प्रदान गरेको हो । 
बुधवार धरान-८ स्थित सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारले रोजेकै चुनाव चिन्ह दिएको छ । धरानका मेयर हर्क साम्पाङको समर्थन पाएका प्रतिनिधि सभाका उम्मेदवार तर्क मगरले पानीको जार चुनाव चिन्ह पाएका छन्। अर्का स्वतन्त्र उम्मेदवार मातृका प्रसाद भट्टराईले सूर्यमुखी फुल, स्वतन्त्र उम्मेदवार सुकुम्वासी नेता कुमार कार्कीले घण्टाघर चुनाव चिन्ह पाएका छन् ।  
सुनसरी क्षेत्र नम्बर एकमा नेकपा एमाले र जनता समाजवादी पार्टीले गठबन्धन गरेर चुनाव लड्ने सहमति भएको थियो । यहाँ जसपाका नेता अशोक राईले टिकट पाएपछि एमालेका नेता तथा धरान उपमहानगर पुर्वमेयर मेन्याङ्बोले गठबन्धनप्रति असहमति जनाउँदै स्वतन्त्र चुनाव लड्न उम्मेदवारी दिएका थिए। 
मेन्याङ्बोले चुनाव चिन्ह पाए सँगै सुनसरी क्षेत्र नंं १ को चुनावी अङ्क गणित रोचक हुने देखिएको छ ।
सुनसरी क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारको चुनाव चिन्ह :
chinha-1chinna-3