चतरा : वराहक्षेत्र नगरपालिकाको चक्रघट्टिमा शोक नामक सामाजिक यथार्थबादि नाटक मञ्चन गरिने भएको छ । प्रतीक श्रेष्ठद्वारा लेखक तथा निर्देशक भएको उक्त नाटक स्थानीय अनन्त आयमको आयोजनामा मञ्चन हुनेछ ।
समाजमा रहेका जातीय विभेद विरुद्ध सचेतनाका लागि तयार भएको नाटकमा स्थानीय र आगन्तुक १६ जना कलाकार रहेका छन् । कात्तिक ६ र ७ गते जनहित क्लबमा उक्त नाटक मञ्चन गरिने लेखक तथा निर्देशक एव अनन्त आयमका सचिव प्रतीक श्रेष्ठले बताए ।
जातीय विभेदको अन्त्यसँगै स्थानीय कलाकारलाई प्राथमिकता दिने सन्देश मूलक नाटक शोक रहेको बुधवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।