धरान : धरानमा यस पटक धूमधामले छठ पर्व मनाइएको छ । 

कोरोना महामारी पछिको छठ पर्व भएकोले यो वर्ष धरानको पूर्व भई बग्ने सेउती र पश्चिम भई बग्ने सर्दु खोलामा हजारौँले अस्ताउँदो सूर्यको पूजा गर्दै छठ पर्व मनाएका छन् । धरान १३ को चिण्डेडाडा जाने पुल नजिकै मधेसी सेवा समाजले एक हप्ता अघि देखिनै छठ पर्वका लागि पूजा स्थल घाटको तयारी गरिरहेको थियो ।

सर्दु खोलामा करिब तीन सय ५० बढी परिवारले छठ पूजाका लागि जलाशय अर्थात् घाट तयारी गरेको समाजका सदस्य बद्री शाहले बताए । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिए पछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुने शाहले बताए । 

Chath-3सर्दु खोला क्षेत्रमा धरानकै सबै भन्दा ठुलो र भव्यरुपमा छठ पूजा भएको बताइएको छ । धरानमा पछिल्लो समय छठ पर्व साझा पर्व बन्दै गएको छ । विगतमा तराईमा बसोबास गर्ने तराईवासी समुदायले मात्रै यो पर्व मनाउँदै आएकोमा अहिले यो पर्व साझा पर्व बन्दै गएको धरान १४ निवासी डा. राजेन्द्र शर्मा बताउँछन् ।

२० वर्ष अघि धरानमा केही तराइवासीले सर्दु खोला क्षेत्रमा सामान्य घाट बनाएर पूजा गर्ने गर्दथे । तर अहिले आएर धरानमा यो पर्वले व्यापकता पाएकोमा पछिल्लो समय सांस्कृतिक पुनर्जागरणको रूपमा छठ पर्व सुरु भएको शर्माको दाबी छ । यो पर्व सबैले मनाउनु भनेको सांस्कृतिक अन्र्तरघुलन सँगै यो सांस्कृतिक सहिष्णुताको नमुना भएको डा. शर्माको भनाई छ । 

यसै बिच मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।

Chath-2Chath-4Chath-6Chath-5Chath-7