विराटनगर : इलाम र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपराह्न विशेष सूचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका-३ का २५ वर्षीय उपेन्द्र बान्तवालाई ७८ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४ हजार २ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री रुपाकोट मझुवागडी नगरपालिका-५ खोटाङका २३ वर्षीय पूजन राईलाई ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।