धरान : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको सुनसरी जिल्ला कार्यसमिति नयाँ सदस्यहरू मनोनीत गरी पुनर्गठन भएको छ । जिल्ला सभापति तिलक सुनुवारले ३१ जनालाई सदस्यमा मनोनीत गरेका छन् ।
मनोनीत जिल्ला सदस्यहरूमा धरानबाट वसन्त राई, श्यामकुमार राई, मुस्कान सुनुवार, टङ्कबहादुर घिसिङ, लुइस राई, पुष्पादेवी राई, नर्वदा श्रेष्ठ, गङ्गाबहादुर लिम्बु, सङ्गीता सुनुवार, सूर्यकुमार सुनुवार, मुना लिम्बु छन् । 
यस्तै भुवनेश्वर चौधरी (रामधुनी), देवीलाल चौधरी (दुहबी), टेकबहादुर राई (वराहक्षेत्र), अनिता गुरुङ (इटहरी), विश्वेश्वर उरांव (देवान्गञ्ज), दिपनारायण यादव (गढी), मेनुकुमारी राई (इटहरी), पूर्ण राई (वराहक्षेत्र), सूर्यनारायण मण्डल (हरीनगरा), दिनेश खम्बु राई (वराहक्षेत्र) पनि जिल्ला सदस्य मनोनीत भएका छन् ।
साथै शिवनारायण मण्डल (कोशी), सत्यनारायण उरांव (हरिनगरा), मन्सी लाल मण्डल(इनरुवा), शशि थापा मगर (इनरुवा), दिनेश श्रेष्ठ (गढी), रामचन्द्र चौधरी (रामधुनी), रामनारायण मण्डल (देवान्गञ्ज), पुष्पालाल उरांव (झोक्राहा), सन्तोष तामाङ (दुहबी), छिरिङ शेर्पा (इटहरी) जिल्ला सदस्य छन् । 
काँग्रेसको नेपाल आदिवासी जनजाति सङ्घ २०५५ सालमा विघटन गरी ओम थापा मगरको सभापति रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, केन्द्रीय समिति गठन गरेको हो। केन्द्रीय सभापति मगरले धरान-१७ का तिलक सुनुवारलाई जिल्ला सभापतिमा चयन गरेका थिए ।
पुनर्गठित समितिको शपथ ग्रहण कार्यक्रमको सभापतित्व सुनुवारले गरेका थिए । पार्टीका जिल्ला उपसभापति पङ्कज महतो, जिल्ला सचिव माधव घिसिङ, सुनसरी-१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा सुनसरी १(क) का सभापति अनिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम लुइस राईले सञ्चालन गरेका थिए ।