धरान : धरान-११ का २३ वर्षीय काला नीरज भनिने युवराज लिम्बु र धरान-१६ का २३ वर्षीय निशान राईलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।

अर्को घट्नामा झापाको चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरको विमानमा काठमाडौँ उड्न लागेकी मेचीनगरकी दिदी, बहिनी २३ वर्षिया सन्ध्या श्रेष्ठ र २१ वर्षिया सोनी श्रेष्ठ राजवंशी लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेकी छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार धरान-११ का युवराज लिम्बुबाट प्रहरीले ३८० ट्याब्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याब्लेट, ३ थान खुकुरी र १ थान तरबार बरामद गरेको छ ।

धरान-१६ का निशानलाई प्रहरीले ट्रामाडोल ८९ ट्याब्लेट र स्पास्पेन ९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

बिहीबार राती सवा ९ बजेको उडानमा काठमाडौँ उड्न लागेकी दिदी, बहिनी सन्ध्या र सोनीलाई ७६ ग्राम ३४० मिली ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

इमिग्रेसनमा प्रवेश गर्न अघि उनीहरूको बडी सर्चको गर्दा लागुऔषध ब्राउन सुगर फेला परेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान गर्न सम्बन्धित इलाका प्रहरीको नियन्त्रणमा राखिएको छ ।