इटहरी : नेकपा एकीकृत समाजवादीले भ्रष्टाचार विरुद्ध रिले अनशन गर्ने भएको छ । नेकपा एस कोशी प्रदेश कमिटीले सोमबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अनशन बारे जानकारी गराएको हो।

देश चरम आर्थिक संकटमा रहेको र जनतामा निरासा चुलिएको बेला सरकारी संयन्त्रमाथि विश्वासको सङ्कट बढेको कारण अनशन गर्नुपरेको बताइएको छ ।

सङ्कटको अवस्थामा विभिन्न खाले अराजक सामाजिक सद्भाव बिगार्ने देखी गणतन्त्र र संविधान माथि प्रहारगर्ने तत्वहरुको मनोबल बढ्दै गएको प्रेस विज्ञप्तिमा उल्लेख छ । "विगतमा सरकारमा बसेका जिम्मेवार  व्यक्ति तथा निकायहरूबाटै अख्तियारको दुरुपयोग, अनियमितता, राज्य बिरुद्धको अपराध, राज्य द्रोह र मानव बेचबिखन जस्ता जघन्य क्रियाकलाप पनि जिम्मेवार रहेका छन्," विज्ञप्तिमा भनिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी अपराधीहरू मात्र होईन आज सम्म सतहमा देखी एका सबै खाले भ्रष्टचारको निर्मम छानविन हुनुपर्ने मोर्चा संगठन प्रदेश इन्चार्ज केशव कुमार बिष्टले बताए ।भ्रष्टाचारीलाई हदै सम्मको कारबाहि गरी सुशासन कायम गर्न अग्रसरतामा देखाउनुपर्ने उनको भनाइ छ ।

आर्थिक सङ्कटको अन्त्य गर्न र जनतामा विश्वास बढाउन सरकार लाग्नुपर्ने उनको माग छ । आम जनतामा भ्रष्टाचार बिरोधि भावना बढाउन र भ्रष्ट्राचार अन्त्यका लागि सार्थक पहल गर्नको लागि अनशन गरिएको मिष्टको तर्क छ । भ्रष्ट्राचार विरुद्धको रिले अनसन लाई साथ समर्थन र सहयोग पुर्‍याउन सबै राजनैतिक दलहरू, सङ्घ संस्था, नागरिक समाज र आम जनसमुदाय समक्ष अपिल गरेका छन् ।