उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका-३ स्थित मंगलबारे नजिकै आज भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

आज दिउसो पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबहाक बसले प्र १-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृतक स्कुटर चालक झापा कमल गाउँपालिका-२ का ३४ वर्षीय पवन सुबेदी रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दुर्घटना लगत्तै बसले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना भएको भन्दै आक्रोशित भिडले सो बसमा आगजनी गरेका थिए । बसमा लगाइएको आगो उर्लाबारी नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको उर्लाबारी प्रहरीले जनाएको छ ।

urlabari-accident1