इटहरी : नजिकिएको चाडपर्वसँगै तपाइ आफ्नो घरलाई रङ्ग रोगन गरी चिटिक्क बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने डिजिटल पेन्ट्सका उत्पादन खरिद गरी मौकाको फाइदा उठाउन सक्नु हुनेछ । डिजिटल पेन्ट्सले बजारमा ल्याएको छ लोभलाग्दो उपहार योजना । यस योजना अन्तर्गत अब ग्राहकहरूले रु एक लाख रूपैया देखी डेल ल्यापटपसम्म प्राप्त गर्न सक्ने जनाइएको छ ।

उपहार योजना अन्तर्गत प्रत्येक रु ५० हजारसम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान स्क्रयाच कुपन पाइनेछ । त्यस्तै २ थान स्क्रयाच कुपन बराबर एक आकर्षक ब्याग प्राप्त गर्न सकिने छ । उक्त कुपनमा पेन्ट्सले बम्पर उपहार योजना रु 1 लाख समेत राखेको छ ।  कुपनमा डेल ल्यापटप, ३२ इन्च एलइडी टिभी , फ्रिज र सान्त्वनामा भित्ते घडी समावेश गरिएका छन् ।

पहिलो उपहार स्वरूप एक थान डेल ल्यापटप राखिएको छ भने दोस्रोमा ३२ इन्चको एलइडी टिभी, तेस्रोमा फ्रिज ,चौथोमा सान्त्वना १५ जनालाई भित्ते घडी राखिएको छ । त्यस्तै पेन्ट्सले बम्पर अफरमा भने रु एक लाख को पुरस्कार राखेको छ ।

आम उपभोक्ताहरूबिच लोकप्रिय बन्दै गएको पेन्ट्स पूर्वको विभिन्न सहरहरूमा ८० भन्दा धेरै डिलरहरू मार्फत बिक्रिबितरण गर्दै आइरहेको छ । कम्पनीले ७ वर्ष वारेन्टी रहेको बाहिरी इमल्सन सहित २ रेन्ज भित्री इमल्सन, ३ रेन्ज बाल प्राइमर, ४ रेन्ज इनामेल/ काठ प्राइमर, गजुर गोल्ड पेन्ट्स, वाल पुट्टी तथा डिसेम्बर लगायतका उत्पादनहरू रहेका छन् ।

जर्मन प्रविधिमा आधारित, नेपालको पूर्वी क्षेत्रलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उत्पादन सुरु गरेको डिजिटल पेन्ट्सले स्थापनाकालको छोटो समयमा नै आफ्नो विशिष्ट स्थान हासिल गर्न सफल भएको छ ।