सोलु : सोलुखुम्बुमा घर छेउ मकैबारीमा आएको जङ्गली भालुले आक्रमण गर्दा घरधनीको मृत्यु भएको छ ।

जिल्लाका महाकुलुङ गाउँपालिका-१ खिरौलेमा शनिवार मकैबारीमा आएको जङ्गली भालुको आक्रमणबाट ५५ वर्षीय पेम्बा अन्सु शेर्पाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

शेर्पालाई दिउसो २ बजे घर छेउमा मकैबारी हेर्न गएको बेला जङ्गली भालु आक्रमण गरेको हो । भालुको आक्रमणबाट शेर्पा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी महाकुलुङ प्राथमिक अस्पताल बुङमा पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।