धरान : मोरङको ग्रामथान गाउँपालिकामा शनिवार एक महिलाको भात पकाउँदै गर्दा चुल्होमा लडेर शरीरमा आगो लगेर मृत्यु भएको छ ।

ग्रामथान-४ मोतीपुरकी ४५ बर्षिया भेडियन देवी माझीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घरको भान्सा कोठाको चुलोमा भात पकाउँदै गर्दा लडेर आगोमा जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागी विराटनगर स्थित आर्या न्युरो अस्पताल पुर्‍याएको अवस्थामा अस्पतालले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।