वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सामुदायिक फिरन्ते कुकुरहरूको बन्ध्याकरण गर्न थालेको छ । फिरन्ते कुकुरहरूलाई नियन्त्रण गर्ने योजना सहित नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण शिविर तथा नि-शुल्क रेबिज बिरुद्धको खोप सञ्चालन गरेको हो ।

वराहक्षेत्र नगरपालिकाको कार्यालय पशु सेवा शाखाको आयोजना तथा नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा मङलबार देखि सुरु शिविर ३ दिनसम्म सञ्चालन हुनेछ।