धरान : स्थानीय सरकार धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले आठौँ संविधान दिवसको अवसरमा आज बिहान नगरवासीमा शुभकामना हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

संविधान हासिल गर्न जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन लगायतका आन्दोलनमा सहभागी सबैप्रति पनि उनले आभार प्रकट गरेका छन् ।

वर्तमान संविधानबाट  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित भई आदिवासी जनजाति, महिला, दलित,  मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक, उत्पीडित पिछडिएका वर्ग, क्षेत्र लगायत सबैको भाषा, संस्कार संस्कृति, परम्पराको संरक्षण र संवर्द्धनको बाटो फराकिलो गरेको शुभकामनामा उनले स्मरण गराएका छन् ।

मौलिक हक, समावेशिता र पहिचान, अधिकार र स्रोतको विकेन्द्रीकरण लगायतका धेरै विषयमा नेपालको वर्तमान संविधान अग्रगामी रहेको उनले उल्लेख गरेका छन् ।

संविधान दिवसले ‘हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्नेछ भन्ने अपेक्षा सहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’ भनेका छन् ।

begha-subhakamana