वराहक्षेत्र : नेपालकै प्रसिद्ध तीर्थ स्थल वराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानीयहरू श्रमदान अभियानमा जुटेका छन् । स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा स्थानीहरू ३ दिनदेखि नियमित रूपमा दैनिक श्रमदान गर्न थालेका छन् ।

पहिलो चरणमा मन्दिरबाट तल्ल कोकाह कौशीकिको संगममा पुग्ने सिडीमा विश्राम स्थल चौतारा निर्माण गर्ने श्रमदान सुरु गरिएको छ । स्थानिय निर्माणका सामाग्री र स्थानीयको श्रमदानसँगै स्थानीयहरूकै सहयोग मार्फत चौतारा निर्माण गरिने उक्त अभियानको नेतृत्व गरी राखेका वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

सोमवारबाट सुरु गरिएको श्रमदान अभियान असोज महिनाभर सञ्चालन हुने र अर्को महिनाबाट साप्ताहिक रूपमा आइतबार नियमित रूपमा श्रमदान गरिने छ । आर्थिक मिततसँगै स्थानीयले श्रमदानबाट मन्दिरको प्रवर्द्धन योगदान गर्ने उद्देश्य लिएर अभियान सुरु गरिएको संरक्षण मञ्चका अध्यक्ष  श्रेष्ठको भनाई छ ।

वराहक्षेत्र मन्दिर क्षेत्रको विकास, प्रवर्द्धन, सरसफाइ र निर्माण कार्यमा स्थानीयहरूलाई सहभागिता गराउने, आउँदै गरेको कुम्भ मेलालाई सफल बनाउन, विश्व सनातन जगतका लागि आस्था, विश्वाससँगै संसारमा छरिएर रहेका सनातनलाई जोड्ने सभ्य र भव्य बनाउन अभियानको सुरुवात गरिएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठको भनाई छ । सिडी तथा चौतारा निर्माणबाट सुरु  श्रमदान अभियान मन्दिरको सरसफाइ, जिर्णद्धार , निर्माण जस्ता कार्यका लाग्ने संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।