धरान : धरान-१३ स्थित अमरहाट मोड नजिक भएको तीन वटा बस दुर्घटनामा २१ जना घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शुक्रवार बिहान सवा १० बजेको समयमा स्याङ्जा, नवलपुर र म्याग्दीबाट शैक्षिक अध्ययन अवलोकन भ्रमणमा विद्यार्थीहरू लिएर आएका बसहरू भेडेटारबाट धरानतर्फ आउँदै गर्दा दुर्घटना भएका हुन ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको सुदूरपश्चिम ०२-००१ ख ११०८ नम्बरको बस, ग २ ख १५८३ नम्बरको बस र ग २ ख १५१३ नम्बरको बस दुर्घटनामा परेका थिए ।

लगभग ९० जना विद्यार्थी सवार रहेका ३ वटा बसको दुर्घटनामा ठुलो मानवीय क्षति हुनबाट जोगिएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ । घाइते भएका २१ जनाको बिपी प्रतिष्ठानमा उपचार भइरहेको ट्राफिक कार्यालयले बताएको छ।

दुर्घटनाको कारण भने सुदूरपश्चिम ०२-००१ ख ११०८ नम्बरको बसको ब्रेक फेल भई १५८३ नम्बरमा ठोकिएको, १५८३ पल्टिएर गएपछि ११०८ नम्बर १५१३ मा ओट लाग्न गएको ट्राफिक कार्यालय धरानले जानकारी दिएको छ।

सामान्य चोटपटक लागेकाहरूलाई धरान-१३ वडा कार्यालयमा रहेको स्वास्थ्य सेवा केन्द्रमा उपचार भइरहेको वडाध्यक्ष नेत्र काफलेले बताए । वडा कार्यालय, होप धरान र आरएन ग्रुपको सहकार्यमा सम्पूर्ण अध्ययन अवलोकन भ्रमणमा आएका टोलीलाई खाना खाजा र पानीको व्यवस्था गरिएको उनले बताए ।

घाइते हुनेहरूमा नवलपुर कावासोती-१७ बस्ने वर्ष ३४ को मनिष राई, चालक स्याङ्जा पुतली बजार नगरपालिका-१० बस्ने वर्ष ४२ को शम्भु शाही, ग २ ख १५८३ चालक म्याग्दी मङ्गला गाँउपालीका-२ बस्ने वर्ष ३३ को दिनेश खत्री, म्याग्दी मङ्गला गाँउपालीका-५ बस्ने वर्ष १५ को गौरव रोक्काको टाउकोमा चोट अवस्था सामान्य रहेको छ भने वर्ष ३६ की सुकुमाया छन्तेल दाहिने हातमा चोट लागेको छ । 

वर्ष १६ की ममता तुलाचन निधार र टाउकोमा चोट अवस्था सामान्य रहेको छ। वर्ष १५ की छिनिता जारन्जा दाहिने हात र शरीरमा चोट, वर्ष १६ की एन्जिला खत्री नाकमा चोट अवस्था सामान्य, वर्ष १६ को रोशन किशन टाउकोमा चोट अवस्था सामान्य, वर्ष १५ को दीपक किशन टाउकोमा चोट सामान्य, वर्ष १७ को रिदिप पुन दाहिने हातको औँलामा चोट अवस्था सामान्य, वर्ष १७ को समीर बुढाथोकी दाहिने हातमा चोट अवस्था सामान्य, वर्ष १५ की सिञ्जल केसी बाँया कुममा चोट अवस्था सामान्य, वर्ष १५ की सहाना चौधरी ढाडमा चोट अवस्था सामान्य रहेको बताइएको छ ।

ग २ ख १५१३ मा सवार जिल्ला स्याङ्जा वालिङ नगरपालिका-६ बस्ने वर्ष १५ को आविष्कार रेग्मी वाँया कानमा चोट अवस्था सामान्य, वर्ष १५ को मनिष थापा दाहिने आँखामा चोट अवस्था सामान्य, वर्ष १५ को मुना पाण्डे ओठमा चोट सामान्य, वर्ष १६ को सौगात आले टाउकोमा चोट अवस्था सामान्य, वर्ष ३८ को जगन्नाथ पाठक नाक र टाउकोमा चोट अवस्था सामान्य  ट्राफिक कार्यालयले बताएको छ।

सुदूरपश्चिम ०२-००१ ख ११०८ मा सवार सुस्ता पूर्व नवलपुर हुक्सीकोट गाँउपालीका-४ बस्ने वर्ष १६ को तुल बहादुर राना दाहिन कुम र दाहिने खुट्टामा चोट अवस्था सामान्य, वर्ष १४ को एलेक्स थापा ढाडमा चोट अवस्था सामान्य, वर्ष २४ की जयन्ती भुजेल दाहिने खुट्टामा चोट अवस्था सामान्य, वर्ष सुनिता कुमारी न्यौपानेकी छोरा वर्ष ३ को सुयोग अधिकारी निधार र टाउकोमा चोट अवस्था सामान्य, कावासोती नगरपालिका-१ बस्ने वर्ष ४० की सिता भुताल निधारमा चोट लागेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।