काठमाडौँ : जुत्तामा ‘आचार्य’ लेखिएकोप्रति आपत्ति प्रकट गर्दै आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी दिएको छ ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको टोलीले सिआइबीको महाराजगन्ज सहित कार्यालयमा गएर उजुरी दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसन्धान लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गरिने बताए ।

केही दिनअगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्धमा सिआईबीमा निवेदन दिने निर्णय गरेको थियो । प्रहरीमा उजुरी परेसँगै यस विषयमा अनुसन्धान सुरु भएको जनाएको छ ।

Acharya-Bandhu-Samaj-1