वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरा अस्पतालले आर्थिक वर्षको २०७९/०८० सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । बिहीबार सेवाग्राहीहरूको गुनासो, जिज्ञासा, सेवा बारे प्रतिक्रिया सहितको सामाजिक परीक्षण प्रतिवेदन गर्दै अस्पतालले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

कोसी प्रदेश सभा सदस्य माननीय ममता तामाङको प्रमुख आतिथ्ययतामा आयोजना भएको कार्यक्रममा सेवाग्राहीहरूले राखेको जिज्ञासा तथा प्रश्नहरूको जवाफ अस्पतालका संरक्षक एब् गर प्रमुख रमेश कार्की, व्यवस्थापन समितिका अध्यक्ष एब् वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, कार्यालय प्रमुख योगेन्द्र कटेल, सहायक व्यवस्थापक डाक्टर सुरज थापा मगर र अस्पतालका नर्सिङ डिपाटका प्रमुखले दिएका थिए ।

कार्यक्रममा सामाजिक परीक्षण समितिका संयोजक ज्ञानबहादुर पाण्डेले सामाजिक परीक्षण प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर उ-प्रमुख नन्दकुमारी सुनुवारले शुभकामना मन्तव्य राखेकी थिइन् । अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरिले सञ्चालक गरेको कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समितिका उपाध्यक्ष प्रदीप बस्नेतले राखेका थिए ।

बिहिबारनै अस्पतालको आन्तरिक स्रोतबाट खरिद गरिएको ई-क्लिया, फुल्ली, अटोमेटिक, वायोकेमेस्ट्री, एनालाईजर र एच् .पि . एल् . सि .मेसिनको समेत उद्घाटन गरिएको थियो । चतरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूबाट राधाकृष्ण संस्कृत गुरुकुलमा अध्यरत १ सय ३५ जना विद्यार्थीको स्वास्थ्य बिमा भएको जानकारी समेत गराइएको थियो । अस्पतालकाले बिमा काण्ड गुरुकुलकी प्राचार्य जमुना दाहाललाई प्रदान गरिएको थियो । त्यस्तै इलाका प्रहरी कार्यालय चतरालाई एक थान कम्प्युटर र प्रिन्टर समेत प्रदान गरिएको छ ।

computer pradhan