विराटनगर : महानगरमा दर्ता भएका कृषि फर्मका पशु पालक कृषकहरूलाई दुग्ध पदार्थ उत्पादनमा सघाउ पुराउन विराटनगर महानगरपालिकाले उन्नत जातको घाँसको बिउँ वितरण गरेको छ ।

महानगर क्षेत्रका ७५ जना पशु पालक कृषक र ८ वटा कृषि समूहलाई बिउँ वितरण गरिएको हो । उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बिउँ वितरण गरेका हुन् । पराजुलीका अनुसार विराटनगर महानगर क्षेत्रमा कृषिमा आधारित घरधुरी पनि ठुलै रहेका छन् । निःशुल्क प्रदान गरिएको घाँसबाट कृषकहरूले बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरे ।

पशुपक्षी विकास शाखाका प्रमुख शुभ नारायण यादवका अनुसार कृषकहरूलाई बर सिम र जै जातको घाँसको बिउँ वितरण गरिएको हो । प्रतिकृषक बर सिम १ र जै ४० केजी वितरण गरिएको उनले बताए ।