इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका २ शान्तिनगर (राई टोल) कि मधुमाया पुरीको हत्या भएको छ । गोठमा काम गरिरहेको समयमा छिमेकी सन्तोष राईले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

हत्यामा संलग्न राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ ।  घर पछाडिको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई दिउँसो ३ बजे राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर बनेकी ६८ वर्षीय पुरीको मृत्यु भइसकेको छ । घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।