वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा  वितरण गर्नको लागि ध्यानाकर्षण गराउन राष्ट्रिय भूमि आयोगको केन्द्रीय कार्यालयमा पुगेका छन् ।

कार्यालयको कामको लागि सङ्घीय राजधानीमा रहेका नगर प्रमुख कार्कीले आज बुधवार भूमि आयोगको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष केशव निरौलालाई लालपुर्जा वितरण गर्ने कार्य थाल्न आग्रह गरेको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ।

वर्षौँदेखि लालपुर्जाको आशामा रहेका राष्ट्रिय भूमि आयोगको नीति अनुसार पुर्जा वितरण गर्न सकिने परिवारलाई तत्कालै लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाउन राष्ट्रिय भूमि आयोगलाई आग्रह गरेको नगर प्रमुख कार्कीले बताए ।

कार्कीले भने,"अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न नगरपालिका गर्नुले पर्ने काम गरेको छ । राष्ट्रिय भूमि आयोगले राजश्व छुट सहित लालपुर्जा वितरणको काम सुरु गर्न विषयमा आयोगका अध्यक्ष ज्युसँग छलफल भएको छ । भूमि आयोगका केन्द्रीय अध्यक्ष ज्यु पनि सकारात्मक हुनु हुन्छ । अब भूमि आयोगको नीति अनुसार लालपुर्जा वितरणको काम हुनु पर्ने हाम्रो माग हो ।" छलफलमा नगर प्रमुख, भूमि आयोगका अध्यक्ष सहित वडा नं ७ का अध्यक्ष कपिल आचार्य लगायतको सहभागिता रहेको थियो ।

Rastra Bhumi Aayog 2