धरान : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुने बताएका छन् ।

शनिवार पाँचथरको फिदिममा आयोजित आमसभामा ओलीले भने ‘एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने छ ।’

उनले एमाले सधैँ राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको बताए । ओलीले भने ‘देश बनाउने सङ्कल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ ।’

उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए । उनले भने ‘देश विकास हुन सकेको छैन, देश कङ्गाल हुँदैछ, सरकारको बेइमानी चिर्न एमालेलाई विश्वास गर्न जरुरी छ ।’