वराहक्षेत्र : आगमि चैत्र-२७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल बनाउन कुम्भ मेला स्थल क्षेत्रमा सरसफाइ गरिएको छ । आइतबार बिहान नेपाली काँग्रेस वडा नं १ र २ वडा कार्यसमितिको आयोजनामा उक्त सरसफाइ कार्यक्रम आयोजना भएको छ ।

नेपाली काँग्रेस वराहक्षेत्र नगरपालिका वडा नं २ का सभापति अमर कटवालका अनुसार प्राचीन हरिद्वार चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर सरसफाइ कार्यक्रम आयोजना गरिएको हो । कुम्भ मेला स्थललाई सुन्दर सफासँगै प्रचारप्रसार गर्ने उद्देश्यले सरसफाइ गरिएको र सरसफाइ कार्यक्रममा नेपाली काँग्रेस वराहक्षेत्रका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको नेपाली काँग्रेस वराहक्षेत्र नगरपालिका वडा नं १ का सभापति ईश्वर थापाले जानकारी दिए ।

कुम्भ स्तभ अगाडि, कुम्भ परिसर तथा सार्वजनिक शौचालयमा गरिएको सरसफाइ तथा सफाइ कार्यक्रममा नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य, वराहक्षेत्र नगर सभापति तथा नगर प्रमुख रमेश कार्की, महासमिति सदस्य जगद कार्की, महाधिवेशन प्रतिनिधि पूजा धामी, जिल्ला सदस्य प्रदिपजंग बस्नेत, कपिल आचार्य, प्रदेश सम्मेलन प्रतिनिधि थिरबहादुर कार्की, सुशीला शेर्पा, नगर उपसभापति युवराज श्रेष्ठ, पूर्व महाधिवेशन प्रतिनिधि सुरेश, जितबहादुर कार्की, प्रदेश प्रतिनिधि सन्तोष श्रेष्ठ, नगर सदस्यहरू, बडा सभापतिहरू, नेपाल शिक्षक सङ्घ वराहक्षेत्र सभापति गोकुल गुरागाईँ, क्षेत्रीय प्रतिनिधि, भातृ सङ्घ संस्थाका पदाधिकारी एवम् नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

वराहक्षेत्र धाम आउने पर्यटकहरूलाई थप आकर्षित गराउन र चैत्र-२७ गतेबाट आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्ने उद्देश्यले, वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रूपमा विकास गर्ने लक्ष्य सहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्यसमिति सँग समन्वय गरेर सरसफाइ कार्यक्रम आयोजना गरिएको २ का सभापति अमर कटवाल बताए ।

sarsafai karyakram 2