धरान : भारत विहारको अररिया ठगपुरा पञ्चायतका २६ वर्षीय मनोज ऋषिदेवलाई प्रहरीले लागुऔषध ब्राउन सुगर १७ दशमलव २३ ग्राम सहित मङ्गलवार साँझ पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार विराटनगर-१५ स्थित २ नम्बर ढाँटबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध ब्युरो विराटनगरको  प्रहरी टोलीले ऋषिदेवलाई पक्राउ गरेको हो ।

हिजै साँझ साढे ७ बजे विराटनगर-१५ स्थित १ नम्बर ढाटबाट झापाको दमक-१ का २३ वर्षीय उज्ज्वल गजमेरलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ब्युरो विराटनगरको प्रहरी टोलीले गजमेरलाई लागुऔषध एभिल १० एम्पुल, लुपिजेशिक १० एम्पुल, फेनारागन १० एम्पुल, डाइजोपाम १० एम्पुल सहित पक्राउ गरेको हो ।

हिजै राती साँढे १० बजे उदयपुरको त्रियुगा नगरपालिका लालपत्ताबाट त्रियुगा-६ जलजलेका २३ वर्षीय मोहम्मद सकिर अलिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी लालपत्ताको प्रहरी टोलीले सकिर अलिलाई लागुऔषध प्रोर्मेथाजिन १४ एम्पुल, डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल सहित पक्राउ गरेको हो ।