धरान : इटहरी-२ धरान रोडको हलगडा चौकमा हिजो मङ्गलवार साँझ कारले ठक्कर दिएका भोजपुर हतुवाढी-६ का ५२ वर्षीय जयबहादुर राईको उपचारको क्रममा मृत्यु भएको छ ।

राईलाई पैदल हिँडी रहेका बेला धरानतिरबाट इटहरी आउँदै गरेको प्रदेश १-०२९ च ९४५९ नम्बरको कारले अचानक ठक्कर दिएको थियो । राई हाल इटहरी-२ हलगडामा बस्दै आएका थिए ।

ठक्करबाट घाइते भएका राईलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएपछि मृत्यु भएको हो । घटना बारे इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान भइरहेको जनाएको छ ।