धरान : हिजो बिहीबार राती चलेको हुरी बतासको बिच चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-४ का ३८ वर्षीय बोमन बहादुर तामाङको मृत्यु भएको हो ।

बेलुका साढे ५ बजे घरमा बसिरहेको अवस्थामा बर्सात सँगै परेको चट्याङले लागेर तामाङ घाइते भएका थिए ।

उनलाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकी लगिएको थियो । स्वास्थ्य चौकीमा पुराएपछि चिकित्सकले उनको मृत्यु भएको बताएका हुन् ।