वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आर्थिक वर्ष २०८०/०८१ सालमा ३ वटा ग्रामीण कृषि सडक कालोपत्रेको अन्तिम चरणमा पुगेका छन् ।

स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई सहज रूपमा बजारीकरण र बिक्री वितरण गराउन सहजताका लागि ३ वटा ग्रामीण  ग्रावेल सडक कृषि सडकको कालोपत्रेमा विकास हुनेछन् ।

वडा नं ९ का वडाध्यक्ष निरञ्जन चन्दवासी मण्डलका अनुसार सङ्घीय सरकार, प्रदेश सरकार स्थानिय सरकारको बजेटबाट ग्रामीण कृषि सडकहरू कालोपत्रे बनेको हो ।

यसका लागि पूर्व मन्त्री समेत रहेका उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्कीको विशेष पहल रहेको उन्नले बताए ।

वडा नं.९ स्थित वनडाडा सगरमाथा चौकबाट कौवाटोलि हुँदै छविस पाइप निक्लने ६ सय ३३ मिनेट सडक कालोपत्रे भएको वडा सदस्य चतुरलाल चौधरीले जानकारी दिए । ग्रामीण कृषि मार्ग नाम दिएको उक्त योजनका लागि सङ्घीय सरकारबाट १ करोड रकम सङ्घीय सरकारले विनियोजित गरेको थियो ।

त्यस्तै प्रदेश सरकार र स्थानीयको संयुक्त लागतबाट वडा ९ कै अर्को ग्रामीण कृषि सडक छविस पाइपदेखि सिकारी थान जोड्ने बाटो २ सय ८० मिटर र सिकारी थान देखि राजा बास जोड्ने २ सय ८० मिटर सडक कालोपत्रेका लागि ४०/४० लाख बजेट विनियोजन भएको छ ।

उक्त ३ वटा ग्रामीण कृषि सडक कालोपत्रे निर्माण भएसँगै स्थानीय कृषकहरूलाई धेरै सहज हुने नगर प्रमुख रमेश कार्कीले बताए । कृषि मार्गको रूपमा कालोपत्रे सडकका लागि प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पहल गर्नु भएको नगर प्रमुख कार्कीको भनाइ रहेको छ ।

Kaalopatre barachetra news 2