वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले नगरवासी तथा सेवाग्राहीबाट कुनै प्रकारको गुनासो नआउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मङ्गलवार कार्यालयको सभाहलमा आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कट्वाललाई स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले नगरपालिकाबाट हुने कार्य, सिफारिस, राजस्व, दर्ता, अभिलेख, नवीकरण, सहयोग लगायत शिक्षा , स्वास्थ्य, कृषि, पशु, घर नक्सा, नापी, तालिम, प्रशिक्षण जस्ता कार्यमा नगरवासीबाट कुनै किसिमको गुनासो नआउने गरी र कामलाई प्रभावकारी बनाउने निर्देशन दिएका थिए।

नगर प्रमुख कार्कीले नगरबाट प्रदान हुने कार्य, गाउँमा गएर दिनुपर्ने सेवा तथा सम्बन्धित व्यक्तिको घरमै पुगेर गर्नु पर्ने सेवालाई छिटो, छरितो र प्रभावकारी रूपमा सम्पादन गर्न सम्बन्धित कर्मचारी, शाखाहरूलाई निर्देशन दिएका थिए ।

निर्माणाधीन भौतिक निर्माणमा नियमित अनुगम गर्न र ठेक्का सम्झौतासँग गठन भएका निर्माण उपभोक्ता समितिको कामलाई निरीक्षण तथा काममा सहजिकरण समेत गर्न नगर प्रमुखले योजना तथा प्राविधिक कर्मचारीहरूलाई नगर प्रमुख कार्कीले निर्देशन दिएका थिए ।