धरान : धरान उपमहानगरपालिका-१ मा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् ।

शनिवार १ नम्बर वडाको शिखर चौकस्थित शिखर युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मुलनाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष युनेश राना मगरले जानकारी दिए ।

धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो प्रतिष्ठित अस्पताल रहेको बताउँदै त्यहाँ उपचार गर्न आएका  बिरामीहरूलाई रगतको अभाव नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष राना मगरले बताए ।

रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण हुने भएकोले शिखर युवा समाजले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको अध्यक्ष राना मगरले जानकारी दिए ।

उक्त कार्यक्रममा रेडक्रसका सभापति उमेश थापा, निवर्तमान नगर प्रमुख तिलक राई, संस्थाका सल्लाहकार श्याम पोख्रेल, १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले,  वडा सदस्य रिता शुन्दास लगायतको उपस्थिति रहेको थियो ।

blood-donation-KapuriNews2