विराटनगर : राउण्ड टेबल नेपाल एरिया-२ ले विराटनगरका २५० जेहेन्दार गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

छात्रवृत्ति वितरणका लागि विराटनगरका दुई विद्यालय सगरमाथा शिक्षादीप सेकेण्डरी स्कुलका विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलका विद्यार्थीका लागि ७० हजार रुपैयाँ राउण्ड टेबलले प्रदान गरेको हो ।

उक्त रकमको चेक शुक्रवार विराटनगरमा आयोजना कार्यक्रममा महानगरपालिका मेयर नागेश कोइरालाले दुवै विद्यालयलाई छात्रवृत्ति वितरण गर्न हस्तान्तरण गरेका हुन ।

राउण्ड टेबल एरिया संयोजक विवेक राठीका अनुसार हरेक विद्यार्थीलाई ७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । राउण्ड टेबल नेपालले देशभर हरेक वर्ष १ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

गएको ३ वर्षदेखि छात्रवृत्ति प्रदान गरिदैं आएको प्रोजेक्ट संयोजक गौरव दुगडले बताए । एरिया-२ मा ७ वटा राउण्ड टेबल छन् । त्यसमा विराटनगरमा ५, धरान र बिर्तामोडमा १-१ वटा राउण्ट टेबल रहेको उनले बताए ।