इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश समितिको शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग संयोजकमा लवराज अधिकारी मनोनीत भएका छन् ।

कोशी प्रदेश समिति सदस्य अधिकारीलाई शनिवार सभापति उद्धव थापाले विभाग संयोजकमा मनोनीत गरेका हुन् ।

नेपाली काँग्रेसको विधान, २०१७ (दशौँ संशोधन २०७८) को परिच्छेद ४ धारा १३ (११) (क) बमोजिम उनलाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभागको संयोजक नियुक्त गरिएको हो ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा होमिएका अधिकारी उदयपुरबाट प्रतिनिधित्व गर्छन् । प्रशासनिक क्षेत्रमा राम्रो प्रभाव भएका उनलाई विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

Shanti Surakxya Bibhag Sanyojak 2