इटहरी : इटहरी उपमहानगरपालिकाको नगरसभा बैठक साँझ साढे सात बजेसम्म  बस्न सकेको छैन । असार १० गतेसम्म बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नै पर्ने संवैधानिक व्यवस्थाका बिचमा पनि नगरसभा बस्न नसकेको हो ।

कार्यपालिका बैठक जारी रहेको बताइरहेका बेला नगर सभा सदस्यहरू भने अलमलमा परेका छन् । इटहरी ५ लायन्स भवनमा १ बजे हुने भनिएको सभा ५ बजेको लागि सारिएको थियो । ५ बजे पनि सुरु नभएपछि सभा सदस्यहरू घर फर्किन थालेका छन् ।

कति बजे बैठक हुने भन्ने विषयमा अझैसम्म टुङ्गो लागेको छैन । कर्मचारीले नगरसभा सदस्यलाई उपस्थितिमा हस्ताक्षर गराइरहेको बेला दीपक घिमिरेले माइन्युट च्यात्न खोजेपछि विवाद भएको छ ।

नगरसभा बैठक स्थलमा उपस्थित सदस्यहरूले मेयर, उपमेयर तथा कार्यपालिका सदस्यको विरोध जनाएका छन् । १ बजे तोकेको बैठक ७:३० बजेसम्म नबसेपछि सदस्यहरूले विरोध जनाएका हुन् ।