इटहरी : इटहरी उपमहानगरपालिकाको नगरसभा नेकपा एमालेले बहिस्कार गरेपछि ६ नम्बरका वडा अध्यक्ष दिवस पोखरेलले बजेट प्रस्तुत गरेका छन् ।

कानुन अनुसार उपप्रमुखले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि एमालेले बहिस्कार गरेपछि प्रवक्ता समेत रहेका पोखरेललाई नगर सभा अध्यक्ष तथा मेयर हेमकर्ण पौडेलले जिम्मेवारी दिएका हुन् ।

बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेका नगरसभा सदस्यहरू नगरसभा बाट बाहिरिएका हुन्  ।

इटहरी ५ लायन्स भवनमा १ बजे हुने भनिएको सभा ९ घण्टा ढिला सुरु भएको हो । बजेको लागि सारिएको थियो । बैठक ढिलो भएपछि नगर सभा सदस्य दीपक घिमिरेले माइन्युट च्यात्न खोजेपछि विवाद भएको थियो ।

यस्तो छ इटहरी उपमहानगरपालिकाको बजेटको पुर्णपाठ :