झापा : निरन्तरको वर्षाले झापाका ठुला तथा साना नदीहरूमा पानीको सतह बढेको छ । जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह पनि गरिरहेको छ ।

यसबिचमा जिल्लाको मध्य भाग भएर बग्ने कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकाको सुगाबथान र गौरीगन्ज गाउँपालिका वार्ड नम्बर १ टप्पु बस्तीका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रभावित क्षेत्रका कतिपय सर्वसाधारणलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने काम भइरहेको छ । सो क्षेत्रमा बाढीमा परेर यो वर्ष दुई जनाको ज्यान गएको छ भने १२ वर्षीय एक जना बालक अझै बेपत्ता छन् ।

kankai nadi 081-03-25 2