धरान : धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका-८ का ३४ वर्षीय दर्शन राईलाई २०० केजी लागुऔषध गाँजा सहित इटहरीमा प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार प्रादेशिक अनुसन्धान समूहको प्रहरी टोलीले आइतबार बिहान पौने ५ बजे इटहरी-१ बाट राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले धरान हुँदै बा १५ प ७१४ नम्बरको कारमा विराटनगर तर्फ लैजाँदै गरेको गाँजा ८ वटा पोकामा प्याक गरेका थिए । उनले चलाएको कार सहित राईलाई नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा सहित नियन्त्रणमा लिएको उनको बारेमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।