धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले धरान-८ तीनकुने अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भक्तबहादुर लिम्बुलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

असई लिम्बुले इटहरीबाट धरान आउँदै गरेको भ्याट बिल बीजक नभएको कुल १ करोड ३८ लाख ८० हजार ३ सय ७९ बराबरको सामान बरामद गरेका थिए । उक्त सामान राजश्व अनुसन्धान कार्यालय इटहरीमा दाखिला गराएर राजश्व असुली गराएका थिए ।

यसैगरी धरानका स्थानहरूबाट भ्याट बिल बीजक नभएको करिब ८ लाख ७८ हजार २ सय ९३ मूल्यको सिमेन्ट, जुत्ता चप्पल र रिटेलिङ समानहरू बरामद गरी राजश्वमा दाखिला गराएका थिए ।

गैर कानुनी रूपमा हुने निकासी पैठारी नियन्त्रण कार्यमा निरन्तर रूपमा खटिई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।