धरान : मित्रराष्ट्र भारतको ७८औ स्वतन्त्रता दिवसमा शुभकामना सन्देश दिन बुधवार धरानमा आयोजित रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत सङ्कलन भएको छ ।
भोली अगस्त १५ गते भारतले स्वतन्त्रता दिवस मनाउँदै छ । उक्त अवसरमा शुभकामना सन्देश स्वरूप रक्तदान कार्यक्रम नेपाल भारत मैत्री सङ्घ सुनसरीले आयोजना गरेको हो ।
भानुचोकमा भएको औपचारिक कार्यक्रममा धरान स्थित भारतीय पेन्सन पेइङ अफिसका प्रमुख मेजर भरत कनोजियाले प्रमुख अतिथि थिए । उनले भारत र नेपालको सम्बन्ध जनताको तहमा प्रगाढ रहेको बताए ।
उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा शुभकामना प्रकट गरे । कार्यक्रममा सङ्घ संस्थाका प्रतिनिधीहरुको उपस्थिति भएको थियो । कार्यक्रम सङ्घका सुनसरी अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा भएको थियो।
Nepal-India-Ralation-2