इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश समितिको प्रवक्तामा मोरङका यदु कुमार विष्ट मनोनीत भएका छन् ।

नेपाली काँग्रेसको विधान, २०१७ (दशौँ संशोधन २०७८) को परिच्छेद ४ दफा १३ (१०) (ङ) अनुसार प्रदेश सभापति उद्धव थापाले विष्टलाई मनोनीत गरेका हुन् ।

यस अगाडि रिक्त रहेको प्रवक्तामा मोरङ जिल्ला सभापतिमा पराजित विष्ट चयन भएका छन् ।

निष्ठावान् नेताको छवि बनाएका विष्टलाई प्रदेश सभापति थापाले बुधवार प्रवक्ताको भूमिका प्रदान गरेका हुन् ।

Bista 123