धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले बुधवार दिउँसो धरान-८ तीनकुने सिरिजंगा चौकमा चेकजाँच गर्दा सार्वजनिक बसमा ठुलो परिमाणमा निषेधित लागुऔषध पक्राउ गरेको छ ।

निषेधित लागुऔषध ओसारपसारमा संलग्न रहेका धरान-५ का २२ वर्षीय युवराज लिम्बु र १८ वर्षीय रोहित राईलाई लागुऔषध सँगै प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीद्वारा बरामद निषेधित औषधी ट्रमाडोलको कुल परिमाण ४ हजार ७५० क्यापसुल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उक्त लागुऔषध चेकजाँच गर्दा काँकडभिट्टाबाट धरान आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१९५ नम्बरको बसको सिट मुनी झोला भित्र फेला परेको हो । 

यसैगरी प्रहरीले बर्जू गाउँपालिका-५ बाट २५ किलोग्राम गाँजा सहित देवानगञ्ज–१ का स्थितबाट गाँजा सहित देवानगञ्ज-१ का १८ वर्षीय ललन मेहतालाई पक्राउ गरेको छ ।

साथै दुहबी-७ बाट १७ किलो गाँजा सहित को २८प ५८३५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले पक्राउ गरेको उक्त गाँजाको बारेमा थप अनुसन्धान भइरहेको छ ।