धरान : साइकलमा गइरहेका विरानगर-१८ का ६० वर्षिय श्याम साहलाई हिजो विहिवार साँझ पछाडिबाट ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ ।

विराटनगर-१८ मा साँझको बेला ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री साह घाईते भएका थिए ।

उनलाई उपचारको लागि बिराट नर्सिङहोम पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका-५ का ३० बर्षीय दिपक यादवलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।