इटहरी : इटहरीबाट पश्चिम जादै गरेको ना १ ख ५०९९ नम्बरको ट्रकले ठक्कर दिदा एक महिला घाइते भएकी छिन् ।

इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार घाइते महिला बेवारिसे अवस्थामा हिडिरहेको बेला ट्रकले ठक्कर दिएको थियो । उनको नाम थर खुलेको छैन । घाइतेको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचारका लागि पठाइएको छ ।