धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले निषेधित लागुऔषधीको ठुलो परिमाण सहित धरानका २ युवालाई आइतबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-९ मा डेरा गरी बस्ने सङ्खुवासभा धर्मदेवी-८ का ३१ वर्षीय सुरज गुरुङ र धरान-११ का २९ वर्षीय देवराज भुजेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सुरज गुरुङको डेरा कोठामा प्रहरीले छापा मारेर खानतलासी गर्दा २ वटा जेब्रा झोलामा लुकाई राखेको निषेधित औषधी ट्रामानिल ७ हजार ८६० क्याप्सुल र स्पास्मो ८ हजार ४३० चक्की बरामद गरेको हो ।

यसैगरी देवराज भुजेललाई धरान-११ जोरसखुवा प्रहरी विटको प्रहरी टोलीले उनको घरबाट ट्रामानिल १ हजार १९० क्याप्सुल र स्पासरेष्ट १००० क्याप्सुल सहित पक्राउ गरेको हो ।

धरान-११ अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-११ का २९ वर्षीय देवराज भुजेललाई ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार  क्याप्सुल सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङ कानेपोखरी-६ का १९ वर्षीय अर्जुन सुन्दासलाई निट्राजेपाम ४० चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।