धरान : उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले कार्यवाहक प्रमुखको कानुनी प्रावधान बहालीको उपचार खोज्न उच्च अदालत विराटनगरमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका छन् ।
बेघाले शुक्रवार दर्ता गरेको मुद्दामा स्थानीय सरकार सञ्चालन ऐन दफा १६ उपदफा ४ (क) को  (१२) लाई लत्त्याउँदै गैर जिम्मेवारी कार्य गरेको उल्लेख गरेका छन् । नगर प्रमुख राईले उपप्रमुख हुँदाहुँदै ११ वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिनु गलत भएको भन्दै कानुनी उपचार खोज्न उनी अदालत गएका हुन ।
उपप्रमुख बेघाले उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ), कार्यालयका प्रशासकीय प्रमुख भूपेन्द्र राई, कार्यावहाक प्रमुख तथा वडा ११ का अध्यक्ष लोकेन्द्र फागो विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेका हुन ।
मुद्दाको भोली आइतबार विराटनगर उच्च अदालतको क्रमसङ्ख्या ५ को मुद्दा फाँट नम्बर २ पेशी रहेको छ । मुद्दा नम्बर ०८१-डब्लु ओ-०२०९ रहेको छ।
begha-mudda