दमक : झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त भट्टराईले बताए । मङ्गलवार दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए ।