धरान : नेवार समुदायबाट धरानको सामाजिक सेवामा अतुलनीय योगदान पुर्‍याएकोमा धरान-२ का   स्वर्गीय रम्भादेवी कर्माचार्यलाई  नेपाल सम्बत् ११४५ मरणोपरान्त  सम्मान  प्रदान गरिएको छ ।
नेपाल सम्बत् नयाँ वर्षको अवसरमा आज शनिवार आयोजित कार्यक्रममा  समाजसेवी  दानवीर स्वर्गीय  रम्भादेवीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । मरोपणन्त सम्मान उनका छोरा अभिषेक कर्माचार्यले ग्रहण गरेका छन् ।
नेपाल सम्बत् ११४५ नेपाली पञ्चाङको तिथि अनुसार कात्तिक कृष्ण औँसी शनिवार देखी सुरु भएको छ । नयाँ वर्षको अवसरमा धरानमा झिगु समाजले प्रभात फेरि आयोजना गरेको हो ।
प्रभात फेरीको समापनमा आयोजित समारोहमा प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले  नेपाल सरकारले घोषणा गरेको नेपाल सम्बतलाई नेवार समुदायहरूले मात्र होइन सम्पूर्ण समुदायले मनाउनु पर्ने बताए । 
उनले भने ‘नेपाल सम्बतलाई राष्ट्रिय सम्बत बनाउनु पर्छ ।’ सम्बतलाई वैज्ञानिक ढङले अझ व्यवस्थित गर्दै परिष्कृत गर्दै लैजानु पर्ने कुरामा उनले जोड दिए ।
अर्का प्रदेश सभा सदस्य विजय राईले राष्ट्रिय विभूति शंखधर साख्वाले सम्पूर्ण समुदायको ऋण मुक्त गरिदिएको बताए । उनले नेपाल सम्बतलाई कामकाजी सम्बत बनाउन जोड दिए ।,
अघिल्लो वर्ष नेपाल सम्बत् ११४४ को नयाँ वर्षमा सरकारले नेपाल सम्बत् लाई राष्ट्रको सम्बत् घोषणा गरेको थियो । नयाँ वर्ष समारोहको सभापतित्व झिगु समाजका अध्यक्ष मोहन काजी शाक्यले गरेका थिए । यसअघि प्रभात फेरीले धरान बजार परिक्रमा गरेको थियो ।
सिद्धि नेवाबाट सुरु भएको प्रभात फेरी भानु चोक चोक हुँदै छाता चोक,पुरानो बजार हुँदै  नेवारी बाजागाजा सहित धरान-३ पुगेर त्यहाँ स्थित शंखधर साख्वाको शालिकमा कोशी सभासदस्यत्रय रमेश बस्नेत, विजय राई र यशोदा कायस्थले माल्यार्पण गरेका थिए ।
bhintuna