धरान : धरान १२ स्थित पब्लिक हाई स्कुलमा कक्षा १२ साइन्स र इलेक्ट्रिकल विषयका विद्यार्थीहरूका लागि प्रत्येक शनिवार ‘बूस्टअप परीक्षा लिइन थालिएको छ ।
विद्यार्थीहरूलाई मिहेनत बनाउन बुस्टअफ परीक्षा पद्धति सुरु गरिएको प्रधानाध्यापक डा.इन्द्र मोहन झाले बताए । शनिवार छुट्टीको समयलाई सदुपयोग गदै सुरु गरिएको परीक्षा पद्धतिले विद्यार्थीलाई निरन्तर अध्ययन गर्न र शिक्षकहरूलाई शिक्षण प्रभावकारी बनाउन प्रोत्साहित गरेको उनको भनाई छ ।
विद्यार्थीले शनिवार बिहान ७ बजे २ घण्टा ५० अङ्कको परीक्षा दिन्छन् । कपी काट्ने काम विशेषज्ञ शिक्षकहरूबाट गरिन्छ ।
परीक्षा फिजिक्स, केमेस्ट्री, बायोलोजी र गणितमा लिइने गरिएको बायोलोजी शिक्षक किशोर चौधरीले बताए ।
उनले भने ‘परीक्षाले विद्यार्थीलाई परीक्षामा सोधिने प्रश्नहरू र उत्तर लेख्ने अभ्यास भएको छ, यसबाट वार्षिक परीक्षामा राम्रो अङ्क ल्याउन सहयोग गर्छ ।’
साइन्स र इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठका अनुसार पाठ्य पुस्तक अध्यापनसङै परीक्षाका बारेमा अभ्यास गराउन यो पद्धति सुरु गरिएका हो । यसले विद्यार्थीमा आत्मविश्वास बढाउने उनको भनाई छ ।
छुट्टीको दिन हुने परीक्षामा विद्यार्थी सहभागिता उल्लेखनीय छ । प्रतिभा राईले भनिन् ‘परीक्षाले हाम्रो आत्मविश्वास बढाउँछ, परीक्षाको तयारी गर्ने अभ्यास हुन्छ ।’
परीक्षामा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ । यसले उनीहरूलाई प्रोत्साहित गरेको सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले बताए ।